कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठक पदमुक्त
onlinekhabar.com · Sat Jul 11 07:39:11 GMT 2026
२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ । क्यानको केही दिनअघि बसेको बोर्ड बैठकले कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
उनको प्रशिक्षणमा नेपाललले आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट, एसियन गेम्समा छनोट, एसीसी महिला प्रिमियर कपसहितका प्रतियोगिता खेलेको थियो । तर, कुनै पनि प्रतियोगितामा सफल हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)