मुख्य सामग्रीमा जानुहोस्

समाचार

Education

फलाउने विद्यार्थी, बेच्ने हेड सर

gorkhapatraonline.com · Tue Oct 27 01:45:14 GMT 2026

भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी दसैँ बिदामा आआफ्नै तवरले रमाउँदै थिए तर सोही विद्यालयका प्रधानाध्यापक (हेड सर) सुवासचन्द्र बन्जाडे भने टमाटरका पोका लिएर बजार बजार चाहार्न व्यस्त हुनुभयो ।

विद्यार्थीले ‘पढ्दै, कमाउँदै, रमाउँदै’ अभियान अन्तर्गत रोपेका टमाटरले पाक्न दसैँ बिदा नकुर्दा प्रधानाध्यापक बन्जाडेलाई दसैँ बिदामा पनि काम थपिएको हो । विद्यार्थीले मेहनत गरेर उत्पादन गरेका कृषि उपज खेर जान नदिन प्रधानाध्यापक बन्जाडे आफैँ बजारमा जानुभएको हो । दसैँ बिदामा उहाँले फोनमार्फत अर्डर लिने र मोटरसाइकलमा टमाटर बोकेर ग्राहकको घर घरमा पुर्‍याउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)