मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको विरोध गरेर आफै एक्लिने गल्ती नगरोस् एमालेले

barnanmedia.com · Mon Oct 20 21:48:26 GMT 2025

नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला तीन दशकभन्दा बढी समयदेखि दुई परम्परागत दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको शक्ति संघर्ष नै मुलुकको राजनीतिक दसा र दिशा निर्धारण गर्ने मुख्य भाग्य रेखा बन्दै आएको छ। २०४८ सालपछि नेपाली राजनीतिमा यिनै दुई दल पालैपालो सत्तामा पुगे, असफल भए, पुनः सत्तामा फर्किए। यही आवर्तनमा देशका जनताले परिवर्तनको अनेक सपना देखे र धोका पनि व्यहोरे।

तर, पछिल्ला चौध महिनामा यी दुई दलले सँगै सत्ताको स्वाद चाख्दा मुलुकले इतिहासकै गम्भीर अस्थिरता भोग्यो। सत्ताको सौदाबाजी, स्वार्थ र हठले देशलाई ठूलो ध्वंशको आगोमा धकेल्यो। परिणामतः जेनजी आन्दोलनजस्ता जनअसन्तोषका स्वरहरू उदाए र पुराना दलहरूको विश्वसनीयता धराशायी बन्यो। त्यो समय मुलुक लगभग खरानी बन्ने अवस्था आयो, जसको दायित्वको भार यी दुई ठूला शक्तिमाथि समान रूपले पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)