मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एलेक्सिया पुटेलासलाई तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड

nepalviews.com · Tue Oct 27 02:06:24 GMT 2026

एजेन्सी । स्पेनकी स्टार फुटबलर एलेक्सिया पुटेलासले सन् २०२६ को महिला बालोन डी’ओर अवार्ड जित्दै तेस्रोपटक वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि हात पारेकी छन्। बेलायतको लन्डनमा आयोजित विशेष समारोहमा ३२ वर्षीया पुटेलासलाई विश्वकै सर्वोत्कृष्ट महिला फुटबलर घोषणा गरिएको हो। बार्सिलोना फेमेनीकी पूर्वकप्तान पुटेलासले यसै सिजन इंग्ल्यान्डको लन्डन सिटी लायनेससँग सम्झौता गरेकी छन्।

पुटेलासको उत्कृष्ट कप्तानी र प्रदर्शनको बलमा बार्सिलोना फेमेनीले गत सिजन ऐतिहासिक सफलता हासिल गरेको थियो। उनको नेतृत्वमा टोलीले घरेलु लिग, दुई घरेलु कप र महिला च्याम्पियन्स लिग गरी चारवटा मुख्य उपाधि आफ्नो नाममा गरेको थियो। अवार्ड ग्रहण गर्दै पुटेलासले मनोनयनमा परेका सबै खेलाडी तथा विजेताहरूलाई बधाई दिइन्। बार्सिलोनाका धेरै खेलाडी मनोनयनमा पर्नुले टोलीको सफल सिजनलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)