सामाजिक सञ्जालमा २१ लाख फलोअर्स, आफ्नै गाउँको चुनावमा जम्मा ३३ भोट !
lokaantar.com

डिजिटल दुनिया र सामाजिक सञ्जालको भर्चुअल लोकप्रियता वास्तविक जीवनको धरातलभन्दा कति फरक हुन्छ भन्ने एउटा अनौठो उदाहरण भारतको राजस्थानमा देखिएको छ। राजस्थानमा हालै सम्पन्न पञ्चायती चुनावको नतिजा सार्वजनिक भएसँगै एउटा हारको समाचार एकाएक चर्चाको शिखरमा पुगेको छ।
सामाजिक सञ्जालमा २१ लाखभन्दा बढी फलोअर्स भएका चर्चित इन्फ्लुएन्सर ओमप्रकाश बिश्नोई गाउँको चुनावमा भने नराम्ररी पछारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाउँको सरकार चुन्ने मैदानमा उत्रिएका उनले चुनावमा मात्र ३३ भोट प्राप्त गरे । अहिले यो विषय सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा कौतूहलको विषय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)