झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
nepalpress.com · Tue Oct 27 02:11:56 GMT 2026

झापा । झापामा असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँ भन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन् । ती घटनामा एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९ सय ७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)