कांग्रेसको छिर्के दाउ : राप्रपाको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग
farakdhar.com · Sun Apr 21 17:28:31 UTC 2024

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गरेको छ । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले शान्तिपूर्ण प्रर्दशनमा राज्यको तर्फबाट बल प्रयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो माग गरेको हो ।
राप्रपाले मंगलबार बिहान ११ बजेदेखि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू सिंहदरबारको प्रमुख गेटतर्फ अघिबढ्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । झडपका क्रममा राप्रपाका प्रवक्त ज्ञानेन्द्र शाहीसहित ‘ जना पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)