उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
ratopati.com · Sat Jul 11 08:16:57 GMT 2026
मियामी । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले ३९ वर्षका कप्तान लियोनेल मेस्सीको उत्कृष्ट शारीरिक अवस्था र प्रदर्शनले आफूलाई कुनै आश्चर्य नलागेको बताएका छन्। उनले मेस्सीले खेलिरहन चाहेसम्म उनी विश्वकै सर्वश्रेष्ठ खेलाडी रहने विश्वास समेत व्यक्त गरेका छन्।
मेस्सी अर्जेन्टिनाको विश्वकप अभियानका प्रमुख नायक बनेका छन्। उनले पाँच खेलमा आठ गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एमबाप्पपेभन्दा एक गोलले मात्र पछाडि रहेका छन्। एमबाप्पपेले भने मेस्सीभन्दा एक खेल बढी खेलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)