गुवाहाटीको होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु
kendrabindu.com · Tue Oct 27 02:24:16 GMT 2026

गुवाहाटी । भारतको असमस्थित गुवाहाटीको एक होटलमा सोमबार राति गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ । होटलका मालिक र लिजमा लिएर होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवादका क्रममा घटना भएको हो ।
प्रहरीका अनुसार राति करिब ९ बजे जीएस रोडस्थित बोरा सर्भिसको अगाडि रहेको होटल बिलास इनमा गोली चलेको थियो । उक्त स्थान असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)