जनकपुरमा घटेन सार्वजनिक सम्पत्ति अतिक्रमण
nepalnews.com · Tue Aug 25 13:15:43 GMT 2026

जनकपुरधाम। गुठी संस्थान जनकपुरधामको अधीनमा २३ वटा मठमन्दिर छन्। हरेकका नाममा जग्गा छ। कतिपय जग्गा गुठी संस्थानले भाडामा लगाएर उपयोग गर्दै आएको छ। कतिपय जग्गा र अन्य सार्वजनिक स्थल भने अतिक्रमणमा परेका छन्।
गुठी संस्थानअन्तर्गतका जग्गा धेरै ठाउँमा हडपेर निजी संरचना बनाइएका छन्। मठमन्दिरका महन्तहरूले नै मन्दिरको जग्गा व्यक्तिका नाममा बनाइदिएका छन्। त्यस्ता जग्गा व्यापारिक प्रयोजनमा समेत प्रयोग भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)