‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
himalpress.com · Wed Jun 10 08:17:17 GMT 2026

काठमाडौँ- फिल्मका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले फिल्म क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने बताए।
कामनपाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराउर्ने बताए। समुदायस्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न कामनपाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक संघसंस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)