जल यातायात : सम्भावनासँगै सुरक्षा चुनौती
gorkhapatraonline.com · Tue Oct 27 02:35:46 GMT 2026

वराहक्षेत्र, कात्तिक १० गते । सप्तकोशी नदीमा सञ्चालित जल यातायात पूर्वी पहाडी क्षेत्रका बासिन्दाका लागि आवागमनको सहज माध्यम बन्दै आएको छ । भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको दक्षिणी भेग र उदयपुरका केही पहाडी बस्तीका बासिन्दाका साथै वराहक्षेत्र मन्दिर आउने तीर्थयात्रीलाई समेत जलमार्गले सुविधा पु-याएको छ । नदी हुँदै यात्रा गर्दा समय र दुरी घट्ने भएकाले जल यातायातले धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सहयोग पुगेको छ ।
सप्तकोशी नदीमा पछिल्लो समय भएको बोट दुर्घटनाले जल यातायातको सुरक्षा, यात्रु बोक्ने क्षमता, अनुमति, बिमा र नियमन व्यवस्थामाथि प्रश्न उठाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिन सके मात्रै जल यातायात उपयुक्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)