मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अलराउन्डरले भरिपूर्ण चितवन राइनोज

kendrabindu.com · Tue Oct 27 02:45:10 GMT 2026

काठमाडौं । वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शनको लक्ष्यमा छ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सिजनका निम्ति विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर सिकन्दर रजालाई अनुबन्ध गरेको छ ।

जिम्बाब्वेका कप्तान रजा हाल टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा शीर्षस्थानमा छन् । उनीबाट टोलीले ठूलो आस गर्नेछ। यसैगरी, टोलीले रवि बोपारालाई निरन्तरता दिँदा कलिम सानालाई पनि भित्र्याएको छ । चितवनले तेस्रो सिजनका निम्ति आफ्ना पूर्व खेलाडी सोहेल तानवीरलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । तनवीरले अघिल्ला दुई सिजन चितवनबाटै खेलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)