बुद्धनगर आत्मदाह प्रयास: राउतको परिवार भन्छ- ‘भ्रामक समाचारले पीडा दियो’
kendrabindu.com · Sat Jul 11 09:23:05 GMT 2026

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको हो।
राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो। परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ