तत्कालीन सरकारका कमीकमजोरीले सहकारी समस्या उब्जियो : मन्त्री रावल
ratopati.com · Tue Oct 27 03:32:50 GMT 2026

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरुले आफ्ना पीडा सुनाइरहेका थिए । जहाँ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित प्रतिनिधिसभा सदस्य, प्रमुख जिल्ला अधिकारीलगायत थिए ।
प्राध्यापन पेसाबाट निबृत्त भएका ८४ वर्षीय वृद्ध विष्णुप्रसाद सापकोटाले व्यवसायीक घर बिक्री गरेर छोराछोरीलाई केही रकम र बाँकी रकम रु दुई करोड ४० लाख शिवशिखर सहकारीमा बचतमा राखे । रु चार करोडमा घर बिक्री गरेर छोराछोरीलाई दिएको पैसा पनि उनीहरुले सोही सहकारीमा राखेका थिए । सहकारीले परिवारको रु तीन करोड ५० लाख भुक्तान नगरेको पीडा सुनाउँदा सुनाउँदै उनकाे आँसु आयो । उनले भने, “बुढेसकालमा दान दक्षिणा र धर्म कर्ममा समय बिताउँला भनेर घर बेचेँ मेरो सबै रकम सहकारीले खायो ।” त्यस्तै–त्यस्तै पीडा त्यहाँ अन्यको पनि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)