सर्लाहीमा प्रहरीमाथि आक्रमण, पूर्व सांसदका खोजी
bishowkhabar.com · Wed Jun 10 08:23:13 GMT 2026

सर्लाही– सर्लाहीको कविलासी–८ सलेमपुरमा दुर्घटनासम्बन्धी विवादपछि प्रहरीमाथि आक्रमण भएको घटनामा पूर्वप्रदेश सांसद अशोककुमार यादव संलग्न रहेको आरोप लागेको छ ।
प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ तर उनी हाल फरार छन् ।
२५ जेठ राति यादवको स्वामित्वको ट्याक्टरले रोकिराखेको ट्रकलाई ठक्कर दिएपछि भएको विवाद नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि यादव पक्षका व्यक्तिहरूले आक्रमण गरेका थिए र ट्याक्टर समेत भगाइएको थियो ।
घटनामा संलग्न भएको आरोपमा यादवका भतिज विक्रमकुमार यादव र भाञ्जा प्रियाङ्शु यादवलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पूर्वसांसद यादवविरुद्ध पनि सोही कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)