उत्पादन घट्ने, खाद्य संकट बढ्ने
annapurnapost.com · Sun Oct 31 06:08:00 GMT 2021
काठमाडौं : पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन्। अन्य क्षेत्रका असरलाई बहसमा ल्याइन्छ। तर, कृषि उत्पादनमा परेका प्रभावमा खासै ध्यान दिइँदैन। त्यसले भविष्यमा खाद्य संकट आउने कृषि विज्ञहरू औंल्याउँछन्। जलवायु परिवर्तनले बालीनालीको उत्पादन घट्दै छ। असोज अन्तिम साता परेको बेमौसमी वर्षाले मुलुकभर डुबान र बाढीले ठूलो धनजनको क्षति भयो। जसबाट करिब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुग्यो। वर्षाले ४ लाख २४ हजार ११३ मेट्रिक टन धान नोक्सान भयो।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावका कारण यो वर्ष कृषिबाली लगाउने र भित्र्याउने अनुकूलता नमिलेको नेपाल कृषि अनुसन्धान परिषद्का बाली विज्ञ डा. टीका कार्की बताउँछन्। पछिल्लो समय चाहेको बेला मनसुन भएको छैन। मनसुनको अवधि ४ महिना हुन्थ्यो। अहिले साढे २ महिनामै मनसुन फर्कियो। यही परिवर्तनकै कारण बेमौसमको वर्षाले मुलुकभर अर्बौंको क्षति भएको उनको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)