गाउँमा चुनाव, काठमाडौंमा प्रचार
ekantipur.com · Tue May 03 00:57:25 GMT 2022
दोलखा‚ लमजुङ‚ म्याग्दी — उम्मेदवारहरू मत माग्न घरदैलो गरिरहेका छन् । तर दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङ गाउँ सुनसान छ । मतदाता गाउँमा भन्दा काठमाडौंतिरै बस्ने भएकाले उम्मेदवारहरूको घरदैलो पनि उतै छ ।
गाउँको एक मात्र प्राथमिक विद्यालय दुई दशकयता बन्द छ । स्थानीय बासिन्दा छोराछोरी पढाउनका लागि भए पनि काठमाडौं जान बाध्य छन् । ६५ जनाले सगरमाथा आरोहण गरेकाको गाउँ भएकाले पनि यहाँका धेरै जना ट्रेकिङ गाइड र अन्य पर्यटनसम्बद्ध व्यवसाय गरेर काठमाडौंमै बस्छन् । बेदिङको जनसंख्या ३११ भए पनि २०७९ को मतदाता नामावलीमा ९५ जना मात्र छन् । तीमध्ये १५ घरका बाहेक अरू सबै मतदाता काठमाडौंतिरै छन् । स्थानीय ५० वर्षीया निङ्माफुटी शेर्पालाई अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू भोट माग्न बेदिङ आएको अनुभव छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)