मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलः तीन संस्करणको यात्रा, कीर्तिपुरको मैदानबाट शुरु भएको नयाँ युग

emountaintv.com · Tue Oct 27 04:02:32 GMT 2026

काठमाडौं ।

नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो। डिभिजन क्रिकेटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी–२० विश्वकपसम्म पुगेको नेपाली क्रिकेटको यात्रामा दर्शकको उत्साह सधैँ ठूलो शक्ति रह्यो । तर खेलाडीको भविष्य, घरेलु प्रतियोगिताको नियमितता, पूर्वाधार, व्यावसायिक लगानी र संस्थागत स्थायित्वका प्रश्न सँगसँगै रहिरहे। नेपाल प्रिमियर लिग (एनपीएल) को शुरुवात यही पृष्ठभूमिमा भएको हो । यसको महत्व क्रिकेट खेलाउने अर्को प्रतियोगिता थपिनुमा मात्र होइन, खेललाई नियमित लगानी, प्रायोजन, प्रशारण, टिकट विक्री, खेलाडीको पारिश्रमिक र टोली व्यवस्थापनसँग जोड्ने प्रयासमा छ । सन् २०२४ मा शुरु भएको एनपीएलले तीन संस्करणसम्म आइपुग्दा घरेलु क्रिकेटको व्यावसायिक सम्भावना देखाएको छ । पहिलो संस्करणले प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने आधार बनायो, दोस्रोले यसको बजार विस्तार हुने संकेत दियो र तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता तथा निर्णय पुनरावलोकन प्रणालीसहित नयाँ चरणमा प्रवेश गरेको छ । तथापि, एनपीएलको वास्तविक सफलता दर्शकको भीड वा विदेशी खेलाडीको चर्चाबाट मात्र होइन, नेपाली क्रिकेटमा यसले छाड्ने दीर्घकालीन प्रभावबाट मापन गरिनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)