मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन पालिकामा पुगेन सडक

gorkhapatraonline.com · Tue Oct 27 03:59:50 GMT 2026

। कालीकोटका नौ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहका केन्द्रमा अझै पनि सडक पुगेको छैन । स्थानीय तह सञ्चालनमा आएको १० वर्ष पुग्नै लाग्दा पनि तीन वटा स्थानीय तहका केन्द्रमा सडक पहुँचभन्दा बाहिरै छन् । अन्य छ वटा स्थानीय तहका केन्द्रमा भने जसोतसो सडकले छोएको छ ।

अहिलेसम्म सडक सञ्जालमा नजोडिएका तीन पालिका केन्द्र पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महाबै गाउँपालिका रहेका छन् । पलाँता गाउँपालिकाभित्रका सबै वडा तहसम्म सडक विस्तार भए पनि कर्णाली नदीमा बेलिब्रिज अहिलेसम्म जडान नभएकाले सडक पहुँचभन्दा बाहिर छ । पचालझरना गाउँपालिका केन्द्रसहित वडा नं. १, २, ३, ४ र ५ कर्णाली नदीकै कारणले राष्ट्रिय सडक सञ्जालभन्दा पर छन् । महाबै गाउँपालिका पनि तिला नदीमा पुल नभएकाले सडक सञ्जालभन्दा बाहिर थियो । नदीमा बेलिब्रिज बने पनि केन्द्र जोड्ने सेरावाडा–पादमघाट जोड्न चट्टान फुटाउन समय लाग्ने भएकाले केन्द्रसम्म मोटरबाटो पुगेको छैन । गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले चालु आर्थिक बर्ष २०८३/८४ भित्र केन्द्रसम्म सडक पुर्‍याउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आएदेखि नै गाउँपालिका केन्द्रलाई सडक सञ्जालमा जोड्न लागिपरेका छौँ तर सफल हुन सकेका छैनौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)