मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँक्रेविहार जाने सडक जीर्ण

gorkhapatraonline.com · Tue Oct 27 04:02:37 GMT 2026

सुर्खेतको काँक्रेविहार पुग्ने सडक अत्यन्त जीर्ण हुँदा पर्यटकले दिनहुँ सास्ती खेप्नु परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने उक्त पर्यटकीय क्षेत्र लाटीकोइली डाँडादेखि करिब डेढ किलोमिटरको दुरीमा पर्छ । काँक्रेविहार मन्दिर पुग्ने सडकमा अत्यधिक खाल्टाखुल्टीका कारण अटो तथा साना सवारीसाधन उकालोमा चढ्न नसक्ने अवस्था बनिसकेको छ ।

सडकको अवस्था जीर्ण भएपछि अवलोकनकर्ता तथा स्थानीय सङ्घ, संस्थाले सडक स्तरोन्नति गर्न माग गर्दै आएका छन् । सडकको दुरवस्थाका कारण पर्यटकको आगमनमा पनि घटेको उनीहरूको भनाइ छ । ढुङ्गैढुङ्गाबाट बनेको काँक्रेविहारको कलात्मक मन्दिर हेर्न दैनिक सयौँ पर्यटक आउने गर्दछन् तर सडकको अवस्था भोगेपछि भने पुनः फर्केर नआउने गुनासो गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)