जेनजी मुभमेन्टले माग्यो अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा
ajakoartha.com · Tue Oct 27 04:08:00 GMT 2026

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेको छ। मुभमेन्टले राजीनामा नदिए उनलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हो।
मुभमेन्टका तर्फबाट विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, कूटनीतिक मर्यादा र सार्वभौमसत्ताको गरिमामाथि प्रश्न उठाएको उल्लेख छ। अर्थमन्त्रीको जिम्मेवारी देशको अर्थतन्त्र सुदृढ बनाउनु भए पनि परराष्ट्र नीतिको गरिमामा आँच पुग्ने अभिव्यक्ति दिनु उचित नभएको वक्तव्यमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)