मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालको विदेशी मुद्रा व्यवस्थापनमा वर्षौंदेखि चलिरहेको एक अनौठो चक्रः किन डलर बेचेर भारु किन्छ राष्ट्र बैंक ?

clickmandu.com · Tue Oct 27 04:07:51 GMT 2026

काठमाडौं । नेपालको वैदेशिक मुद्रा व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा एउटा फरक र अनौठो चक्र वर्षौंदेखि निरन्तर चलिरहेको छ । नेपालले विश्वव्यापी रूपमा सबैभन्दा शक्तिशाली मानिने अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर भारतीय रुपैयाँ (भारु) खरिद गर्दै आएको छ ।

बाह्य क्षेत्रबाट नेपाली श्रमिकहरूको पसिना अर्थात् रेमिट्यान्समार्फत आर्जन भएको विदेशी मुद्राको ठुलो हिस्सा अमेरिकी डलरमा सञ्चिति रहने गर्छ । तर, नेपालले नियमितजसो भारतीय केन्द्रीय बैंकसँग त्यही डलर साटेर भारुको जोहो गर्नुपर्ने अवस्था छ । यो बाध्यात्मक वित्तीय व्यवस्थापनको पछाडि नेपालको भारतसँगको चुलिँदो व्यापार घाटा, इन्धन आयात, दुई देशबिचको स्थिर विनिमय दर प्रणाली र नेपाल राष्ट्र बैंकको विदेशी विनिमय नीति हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)