मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एकानब्बे प्रतिशत घरमा खानेपानी सुविधा

gorkhapatraonline.com · Tue Oct 27 04:13:53 GMT 2026

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीका ९१ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । यो वर्ष मात्रै थप ५० वटा नयाँ खानेपानी योजना थपिएका छन् । यद्यपि बजेट कटौतीले नयाँ योजना समयमै पूरा गर्न भने चुनौती थपिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका अनुसार अहिले बैतडी र दार्चुलालाई समेटेर कुल ५१० वटा खानेपानी योजना क्रमागत सञ्चालनमा छन् तर ती योजनालाई समयमै सम्पन्न गर्न बजेटको अभाव देखिएको छ ।

गत वर्ष यी चालु योजनाका लागि ५५ करोड रुपियाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्ष २०८३/८४ मा ३१ करोड रुपियाँ मात्र विनियोजन गरेको छ । बजेट घट्दा योजनाको काम समयमै पूरा गर्न चुनौती थपिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख किसन कुँवरले बताउनुभयो । बजेट करिब आधा घट्दा निर्माणाधीन आयोजना अलपत्र पर्ने र चालु योजना समयमै पूरा गर्न धौ धौ पर्ने देखिएको छ । यसैका कारण बाँकी नौ प्रतिशत नागरिकको घरमा खानेपानी पुर्‍याउने लक्ष्य पूरा हुन नसक्ने उपभोक्ताको गुनासो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)