मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हुम्लामा चार करोड खसीको व्यापार

nepallive.com · Tue Oct 27 04:10:22 GMT 2026

हुम्ला । हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो ।

बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)