कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ घाइते, बाटो पूर्ण रूपमा अवरुद्ध
ratopati.com · Tue Oct 27 04:16:08 GMT 2026

चितवन । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आज बिहान ०८ः४५ बजे एक आपसमा ठोक्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)