मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

nagariknews.nagariknetwork.com · Tue Oct 27 04:10:43 GMT 2026

साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, रकम हस्तान्तरण भएको पुष्टि भएको छैन।

रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेका थिए। एक कूटनीतिक स्रोतले उनी चढेको हक्र्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरे पनि साउदी अधिकारीले यसको पुष्टि गरेका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)