एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए अमेरिकी मध्यावधि निर्वाचनमा चन्दा
kendrabindu.com · Tue Oct 27 04:17:47 GMT 2026

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन हुने गर्छ । नोभेम्बर ३ मा हुन लागेको यस निर्वाचनमा संघीय संसद्का प्रतिनिधि चयन हुँदै छन् । यसलाई वर्तमान राष्ट्रपतिको कार्यशैलीमाथि जनताको प्रतिक्रिया बुझ्ने जनमतसंग्रहका रूपमा हेर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)