टाइफुन ‘बाभी’को कहरः चीनमा नौ लाखभन्दा बढी विस्थापित
kendrabindu.com · Sat Jul 11 10:26:03 GMT 2026

किलुङ । शक्तिशाली टाइफुन ‘बाभी’का कारण शनिबार ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको छ। चीनमा नौ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौँ घरपरिवार विद्युतविहीन भएका छन्।
यसै साता चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको चरम मौसमी अवस्थाका कारण कम्तीमा ३९ जनाको मृत्यु भएको छ। दर्जनौँ नदीमा बाढी आएको छ भने एउटा जलाशयको बाँध फुटेको छ। चीनको पूर्वी झेजियाङ प्रान्तको वेन्झाउ सहरमा आइतबार बिहान टाइफुन ‘बाभी’ जमिनमा ठोक्किने अनुमान गरिएको छ। स्थानीय प्रशासनका अनुसार शुक्रबार अबेरसम्म आठ लाख ८७ हजार ८०१ जनालाई सुरक्षित स्थानमा सारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
मौसम