प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा
kendrabindu.com · Sat Jul 11 10:34:03 GMT 2026

काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो पाँचौं पार्लर सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटनसँगै कम्पनीले ग्राहकलाई गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय आइसक्रिम अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ।
नयाँ पार्लरको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। समारोहमा चर्चित नेपाली अभिनेत्री वर्षा शिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनीसहित कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, अध्यक्ष सुरेश कुमार धोर्जु, निर्देशक प्रमिला कर्माचार्य, प्रबन्ध निर्देशक विकल कर्माचार्य तथा सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले संयुक्त रूपमा रिबन काटेर पार्लरको उद्घाटन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)