मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याद थप्ने तयारीमा सम्पत्ति जाँचबुझ आयोग

ajakoartha.com · Wed Jun 10 08:28:00 GMT 2026

काठमाडौं - बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगमा अपेक्षिेत विवरणहरु संकलन हुन नसकेपछि आयोग म्याद थप्ने तयारीमा लागेको छ ।

गत वैशाख २ गते गठित आयोगले वैशाख ३० गते एक महिनाको समय दिएर विवरण बुझाउन सूचना जारी गरेको थियो । तर, समयसीमा सकिन लाग्दासमेत अपेक्षितरूपमा विवरण संकलन नभएपछि म्याद थप्न लागेको हो ।

आयोग स्रोतका अनुसार आज साँझ वा भोलि बिहान औपचारिक निर्णय गर्ने तयारी छ । त्यसअघि दिउँसो पदाधिकारी बैठक बस्दैछ ।

आयोगलाई ०६२र६३ यता सार्वजनिक पदमा रहेका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानविन गर्ने कार्यादेश छ । सोअनुसार करिब ३० हजार व्यक्ति छानविनको दायरामा पर्ने अनुमान छ ।

तर,आजसम्म ५ हजार हाराहारीमा मात्रै विवरण संकलन भएको आयोगले जनाएको छ । पछिल्ला दिनमा भने विवरण बुझाउने क्रम ह्वात्तै बढेको छ । आज पनि विवरण पेश गर्नेहरूको भीडभाड रहेकाले १ हजार जति थपिने अनुमान आयोगको छ ।

आयोगले विवरण संकलनलाई सहज बनाउन सिलबन्दी खाममा जसलाई पठाए पनि मिल्नेगरी कार्यविधि बनाएको छ । तर,केही उच्चपदस्थ पूर्व कर्मचारीले डकुमेन्ट जुटाउनै सकस परेकाले विवरण पेश गर्न नसकेको गुनासो गरेको बुझिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय