मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

khabarhub.com · Tue Oct 27 04:59:54 GMT 2026

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् ।

एनपीएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपीएलमा पनि चितवन राइनोजबाट खेलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)