मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

३९ वर्षमा पनि मेस्सी नै विश्वकै उत्कृष्ट! बालोन डी’ओर पाँचौँ स्थानले घटेन उनको जादु

barnanmedia.com · Tue Oct 27 04:50:41 GMT 2026

फुटबलमा उमेर बढ्दै जाँदा खेलाडीको गति, शक्ति र प्रदर्शन कमजोर हुँदै जान्छ। तर लियोनल मेस्सीको कथा अरू खेलाडीको भन्दा फरक छ। ३९ वर्षको उमेरमा पनि उनको खेल्ने शैली, मैदानमा निर्णय लिने क्षमता र साथी खेलाडीलाई गोलका अवसर सिर्जना गर्ने कला विश्व फुटबलमा चर्चाको विषय बनेको छ।

सन् २०२६ को बालोन डी’ओरमा पाँचौँ स्थानमा सीमित भए पनि मेस्सीको महानतामाथि प्रश्न उठाउन सजिलो छैन। ह्यारी केनले अवार्ड जित्दा किलियन एम्बाप्पे, लामिन यामल र रोड्रीले पनि मेस्सीभन्दा माथिल्लो स्थान हासिल गरे। तर व्यक्तिगत अवार्डमा प्राप्त स्थानले मात्रै कुनै खेलाडीको वास्तविक प्रभाव मापन गर्न सकिँदैन भन्ने बहस फेरि सुरु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)