मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अर्घाखाँचीको मौलिक सराये नाच: तरवार र खुडाको प्रदर्शनसँगै गुञ्जन्छ ‘वाख्यै भाइ हो’

annapurnapost.com · Tue Oct 27 04:50:50 GMT 2026

अर्घाखाँची : हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्तिपीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाचको हो।

हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा यो नाच नाच्ने परम्परा रहेको छ। अर्घाखाँचीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरू गरी झन्डै ३० स्थानमा सराय नाच हुने गर्दछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)