प्रदेश १ राष्ट्रिय खेलाडीलाई ‘रातो कार्ड’
ekantipur.com · Thu Apr 21 17:04:58 GMT 2022
मोरङ — प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेशका अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई रातो कार्ड (प्रिभिलेज कार्ड) दिने निर्णय गरेको छ । बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बिहीबार पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई रातो कार्ड दिएर यातायात, सपिङ मल, प्रदेशका रंगशाला प्रवेशमा सुविधा प्रदान गर्ने बताए । प्रदेश १ का अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई विराटनगरमा आमन्त्रण गरेर सम्मान गर्ने तयारी गरेको उनले बताए ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई गम्भीर स्वास्थ्य समस्या भएको अवस्थामा आर्थिक सहयोग प्रदान गर्नुका साथै स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छौं,’ उनले भने,‘प्रदेशमा चाँडै खेलकुद प्रतियोगिता गरी खेलकुद क्षेत्रलाई चलायमान बनाउने बोर्डले निर्णय गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)