‘मिसफायर’ भएको नारायण वाग्लेको भाषण
mysansar.com · Tue Jan 26 17:45:17 UTC 2021
हिजोको नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै नारायण वाग्ले। फोटो साभार : रोजन श्रेष्ठ/पहिलोपोस्ट
नारायण वाग्ले हिजोदेखि लगातार चर्चामा छन्। हिजो भएको नागरिक समाजको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप, उनले गरेको भाषण चर्चामा थियो नै। आज बिहानदेखि उनले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ’ लेखिएको उनको फोटोसहितको भनाई भाइरल भयो। आज त्यही विषयमा नेपालफ्याक्टचेकमा फ्याक्ट चेक गरियो। हामीले यसलाई ‘गलत’ लेखेनौँ, ‘भ्रामक’ अर्थात् misleading का रुपमा वर्गीकरण गर्यौँ। फ्याक्ट चेक गर्दा कुनै कुरा तथ्य तर केही मिथ्या कुरा भएका सामग्रीहरूलाई हामी त्यस्तो वर्गीकरण गर्छौँ। यो क्रममा उनको भाषण यसो सुन्दा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गरेको प्रहार ‘मिस’ भएर आफैविरुद्ध लक्षित भएको देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)