इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज
nagariknews.nagariknetwork.com · Sat Jul 11 11:07:43 GMT 2026

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखा ले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)