इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
nepalnews.com · Tue Oct 27 05:21:38 GMT 2026
चितवन। ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।
एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन्। चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)