मुस्ताङमै रोकिए तीन हजारभन्दा बढी ईभी
gorkhapatraonline.com · Tue Oct 27 05:24:17 GMT 2026

चाडपर्वमा बुकिङ भएका चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) लामो समयदेखि कोरला नाका, भन्सार र सडकखण्डका विभिन्न स्थानमा होल्ड भएका छन् ।
चीनको तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट भित्रिएको ३ हजार १२२ ईभी मुस्ताङमै होल्ड भएका छन् भने केही पोखरा–बेनी–जोमसोम सडकखण्डमा अलपत्र अवस्थामा छन् । बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि हिलाम्मे सडकका कारण फसेका, दुर्घटनामा परेकालाई ट्राफिक कार्यालयले डोजरको प्रयोग गरी हटाउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)