बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको पनि उपचारकै क्रममा निधन
nepalviews.com · Sat Jul 11 11:25:04 GMT 2026

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ