शेयर बजार घट्नुपर्ने कारण छ र ?
ajakoartha.com · Tue Oct 27 05:24:00 GMT 2026

शेयर बजारमा मूल्य घट्नु भन्दा पनि लगानीकर्ताको मनोबल घट्नु ठूलो समस्या हो । खासगरी अहिलेको अवस्था त्यस्तै हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार बनेयताको सुरुवाती कदम र कार्यशैलीले आवरणमा शेयर बजारमा त्रासत्री छरेको देखिन्थ्यो । तर समयक्रममा घटित घटनाहरु, अर्थतन्त्रमा देखिएका समस्या, गतिहिनता, थुप्रिएका जनअपेक्षा र सरकारको पनि बढ्दो परिपक्कता एवं अनुभवले बजारमैत्री माहौल सिर्जना दबाब पुग्यो । फलत सरकारले यसबीच शेयर बजारका लागि थुप्रै नीतिगत सुधारको प्रयास गर्यो ।
यसबीच ब्यवसायीको मनोवल बढाउने, शेयर लगानीकर्ताको मनोवल बढाउने गरि नीतिगत सुधारहरु भएका छन् । शेयर बजारमा सुचकिृत धेरैजसो बाणिज्य तथा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनीहरु, म्युचुअल फण्डहरु, कतिपय उर्जा कम्पनीहरुले पनि केही न केही लाभासं बाड्न सफल रहे । त्यसमा सरकारले गरेको नीतिगत सुधारको प्रभाव रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)