विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
ratopati.com · Sat Jul 11 11:29:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा.प्रकाशशरण महत र अर्का नेता डा. शेखर कोइरालालाई भेट्न विराटनगर पुगेका छन्। शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा.महतले भेटेका हुन्।
कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला महतले कोइरालालाई भेट्न विराटनगर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। देउवा समूहको शुक्रबार बसेको पूर्वपदाधिकारीहरूको बैठकले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)