विदेशी लगानीकर्ताको पलायनपछि पुँजीगत लाभकर र एसटीटी पुनरवलोकन गर्ने भारत सरकारको तयारी
clickmandu.com · Tue Oct 27 05:33:05 GMT 2026

एजेन्सी । भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताहरू तीव्र रूपमा बाहिरिन थालेपछि भारत सरकारले पुँजी बजारमा लगाइँदै आएका करहरूको पुनरवलोकन प्रक्रिया अघि बढाएको छ । यसै क्रममा सरकारले दीर्घकालीन पुँजीगत लाभकर (एलटीसीजी) र धितोपत्र कारोबार कर (एसटीटी) का विषयमा लगानीकर्ता, बजार सञ्चालक तथा कर विज्ञहरूसँग सुझाव र राय मागेको छ ।
गत अक्टोबर १३ मा नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री निर्मला सीतारमणले यी करहरूबारे धेरै बहस भइरहेको बताएकी थिइन् । आगामी बजेटको तयारी सुरु भइसकेको उल्लेख गर्दै मन्त्री सीतारमणले बजेट नजिकिएको समयमा आफूले के विचार गर्ने वा नगर्ने भन्नेबारे अग्रिम रूपमा बोल्न उपयुक्त नहुने तर स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँगको छलफलमा यो विषय उठेको बताएकी थिइन् । त्यसलगत्तै सरकारले सरोकारवालाहरूसँग औपचारिक परामर्श थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)