काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए
reportersnepal.com · Tue Oct 27 05:34:18 GMT 2026

झापा, १० कात्तिक । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन् । पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)