मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

हेलम्बुका ह्योल्मो

gorkhapatraonline.com · Tue Oct 27 05:49:28 GMT 2026

सिन्धुपाल्चोक जिल्लाको उच्च पहाडी क्षेत्र हेलम्बु नै ह्योल्मो जातिको पुख्र्यौली थातथलो मानिएको छ । तथापि हेलम्बुमा सो जातिको कुल जनसङ्ख्याको ४० प्रतिशत मात्र ह्योल्मो बस्छन् । बढीजसो त काठमाडौँमा यिनीहरूको बसोबास रहेको छ । केही सङ्ख्यामा ह्योल्मो इलाम, रामेछाप र चितवनमा समेत रहेका छन् ।

आदिवासी जनजाति ऐन, २०५८ मा सूचीकृत ६० आदिवासी जनजातिमध्ये हिमाली क्षेत्र थातथलो भएका अल्पसङ्ख्यक जाति हुन् ह्योल्मो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले ‘ह्योल्मो जातिको पुर्खा तिब्बती हुन्’ भनी आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)