शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको मृत्यु
annapurnapost.com · Sat Jul 11 11:46:16 GMT 2026

काठमाडौं : काठमाडौं बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका व्यसायी आश्विन राउतको मृत्यु भएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।
शनिबार बिहान काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो । पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ