मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विद्याको चीन भ्रमणबारे चासो : भएन कुनै राजनीतिक भेटवार्ता !

ratopati.com · Tue Oct 27 05:59:13 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएलगत्तै छिमेकी देश चीनको भ्रमणमा निस्केपछि विभिन्न राजनीतिक अड्कलबाजी भएका थिए । खासगरी भण्डारीको चीन भ्रमणलाई नेपालको आन्तरिक राजनीतिमा आउने फेरबदल र वामपन्थी एकतासँग जोडेर समेत व्याख्या र विश्लेषण हुने गरेका थिए ।

तर, कात्तिक ५ देखि ९ गतेसम्म गरेको चीन भ्रमणका क्रममा भण्डारी कुनै पनि राजनीतिक भेटवार्ता र छलफल नगरी स्वदेश फर्किएको दाबी गरिएको छ। भण्डारीसँगै चीन भ्रमणमा गएका एक सदस्यले यो पटकको भण्डारीको भ्रमण विशुद्ध गैरराजनीतिक र पब्लिकस्तरको भएकाले राजनीतिक भेटवार्ता र छलफल नभएको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)