मध्यरातमा शिक्षामन्त्री पन्त र शिक्षक महासंघबीच मन्त्रालयमा वार्ता जारी, दुवै पक्ष लचिलो
shilapatra.com · Mon Apr 28 17:59:00 GMT 2025

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार मध्यरात सिंहदरबारमा वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको पदाधिकारीबीच राति सवा ११ बजेदेखि छलफल भइरहेको छ ।
मन्त्रिपरिषद् बैठकमा शिक्षक महासंघका माग र सहमतिको आधारबारे बिफ्रिङ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट आवश्यक म्यान्डेटसमेत लिएर मन्त्री पन्त वार्ताका लागि मन्त्रालय पुगेका थिए । शिक्षक महासंघ पनि पदाधिकारीको आकस्मिक बैठकबाट केही लचिलो हुने समझदारीसहित वार्ताका लागि शिक्षा मन्त्रालय पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)