बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन
rajdhanidaily.com · Sat Jul 11 12:02:30 GMT 2026

काठमाडौं । बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी आश्विन राउतको निधन भएको छ । आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका ५० वर्षीय राउतको वीर अस्पतालमा निधन भएको हो ।
आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । राउतको शरीर ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ