मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

reportersnepal.com · Tue Oct 27 06:12:41 GMT 2026

तेल अभिव (इजरायल), १० कात्तिक । साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, रकम हस्तान्तरण भएको पुष्टि भएको छैन ।

रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेको थियो । एक कूटनीतिक स्रोतले उनी चढेको हक्र्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरे पनि साउदी अधिकारीले यसको पुष्टि गरेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)